Dhulikhel Eco Banner new

सिक्लेस हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

4.24K
shares

काठमाडौं, २७ असार । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर(आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले सिक्लेस हाइड्रोलाई असार २३ गते अनुमति प्रदान गरेको हो ।

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।