अभियान लघुवित्तले पायो आईपीओ जारी गर्न अनुमति
वि.सं.२०७९ असार २७ सोमवार १६:३८
4K
shares
shares

काठमाडौं, २७ असार । नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ ।
अभियानले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो ।
अभियानको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल रहेको छ ।













