Dhulikhel Eco Banner new

करिब ४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा भित्रियो ९०४ अर्ब

4.97K
shares

काठमाडौं, २७ असार । विदेशबाट आउने रेमिट्यान्समा सुधार आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा आइपुग्दा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।