Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने सुधार

715
shares

काठमाडौं, २४ भदौ । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका छन् ।