Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

442
shares

काठमाडौं, २४ भदौ । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि शुभम् पावर लिमिटेडका लगानीकर्ताले ६.४० प्रतिशतका दरले कमाएका छन् भने सिभिल बैंक डिबेन्चर २०८८का लगानीकर्ताले ५.९४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् भने इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले कमाएका छन् ।