Dhulikhel Eco Banner new

गुडविल फाइनान्स बन्यो सर्वोत्कृष्ट वित्तीय साक्षरता फाइनान्स कम्पनी

1.78K
shares

काठमाडौं, १४ असोज । वित्तीय साक्षरता प्रवद्र्धनमा फाइनान्स कम्पनीहरूमध्ये गुडविल फाइनान्स सर्वोत्कृष्ट बनेको छ। केटिएम भ्वाइसले आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा गुडविल फाइनान्सलाई सर्वोत्कृष्ट वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको हो।

फाइनान्स कम्पनीतर्फ वित्तीय साक्षरता अभियानमा पुर्‍याएको योगदानका आधारमा गुडविल फाइनान्सलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

संस्थाले सञ्चालन गरेका वित्तीय साक्षरता कार्यक्रमको प्रभाव, भौगोलिक पहुँच, लाभग्राहीको संख्या, कार्यक्रमको नवीनता तथा ग्रामीण र पहुँचविहीन समुदायमा पुगेको प्रभावलाई मूल्यांकनको आधार बनाइएको थियो।

नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन तथा अवार्ड कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, डिजिटल वित्तीय सेवा प्रदायक तथा वित्तीय क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।