Dhulikhel Eco Banner new

डिजिटल वित्तीय साक्षरतामा नेपाल क्लियरिङ हाउस उत्कृष्ट

377
shares

काठमाडौं, ३ असोज । डिजिटल वित्तीय साक्षरता प्रवद्र्धनमा नेपाल क्लियरिङ हाउस उत्कृष्ट संस्थाका रूपमा सम्मानित भएको छ। केटिएम भ्वाइसले आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा क्लियरिङ हाउसलाई डिजिटल साक्षरतामा उत्कृष्ट संस्थाको अवार्ड प्रदान गरिएको हो।

संस्थाले सञ्चालन गरेका डिजिटल तथा वित्तीय साक्षरता अभियान र त्यसबाट परेको प्रभावका आधारमा उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

डिजिटल वित्तीय सेवाको प्रयोग, वित्तीय सचेतना अभिवृद्धि तथा सेवाग्राहीलाई डिजिटल माध्यमबाट वित्तीय कारोबारतर्फ आकर्षित गर्ने अभियानलाई मूल्यांकनमा समेटिएको थियो।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थासहित डिजिटल वित्तीय सेवा प्रदायक र वित्तीय क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।