Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

4.19K
shares

काठमाडौं, २८ असार । नेपाल एसबिआई बैंक लिमिटेडले २२ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ ।
कम्पनीको उक्त ऋणपत्रमा असार २७ गते छिटो अवधिमा माग बमोजिम आवेदन नपरेकोले साउन ४ गतेसम्म थप भएको हो ।

उक्त अवधिभित्र माग बमोजिम आवेदन परेमा कुनै पनि दिन सूचना जारी गरी निष्कासन बन्द हुने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

सोमध्ये ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ भने बाँकी ६० प्रतिशत १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।