हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाखको हात खाली
वि.सं.२०७९ असार २८ मंगलवार १०:२७
shares

काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ बाँडफाँटका लागि नियुक्त कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा आईपिओ बाँडफाँट सम्पन्न भएको हो ।
कूल जारी आईपिओ मध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषका इकाईहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहन आएको १८ लाख ३० हजार ४७२ कित्ता सेयर एक लाख ८३ हजार ४७ जनाले मात्रै १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको शेयर १ लाख ८३ हजार ४७ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् ।
हिमालयन हाइड्रोपावरले निष्काशन गरेको आइपीओमा अन्तिम दिनसम्म १६ लाख २६ हजार ४३० आवेदन परेको थियो । एक लाख ८३ हजार ४७ जनाले शेयर पाएपनि बाँकी १४ लाख ४३ हजार ३८३ आवेदकको हात खाली भएको छ ।















