नक्कली नोट देखाएर ठगी गरेको आरोपमा २ जना पक्राउ
वि.सं.२०८३ असोज ५ सोमवार १३:००
663
shares
shares

काठमाडौं, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।
उनीहरूले एक जनालाई १० लाख ल्याउन लगाई ३० लाख दिने भन्दै बोलाएर प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले बताएको छ । उनीहरूले ३० लाख भनेर नक्कली नोट दिएको प्रहरीले बताएको छ ।

















