२० वर्षे कम्युनिष्ट राजनीतिक यात्रा टुंग्याएको सर्लाहि काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष नेपालको घोषणा
वि.सं.२०८३ असोज ९ शुक्रवार १२:५८
shares

काठमाडौं, ९ असोज । नेकपा सर्लाहि काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष शम्भु नेपालले पदबाट राजीनामा दिएका छन् । नेपालले सामाजिक संजाल फेसबुकबाट आफूले सम्हाल्दै आएको सम्पर्क समन्वय समितिको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
नेपालले विध्यार्थी जिवनबाट सुरु गरेको करिब २० वर्ष लामो नेपाली कम्युनिष्ट पार्टीसँगको राजनीतिक यात्रा पनि अलग गर्ने निर्णय गरेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणिय साथिहरु, सहकर्मि, दाजुभाइ तथा दिदीबहिनी हरु सबैमा नमस्कार अभिबादन मैले आज कै मिति बाट लागु हुने गरि सर्लाहि काठमाडौं सम्पर्क समन्वय समिति को अधक्ष्य पद बाट राजिनामा दियको घोषणा गर्दछु ।साथै लगभग २० बर्ष को नेपालि कम्युनिस्ट पार्टि को राजनीतिक बाट पनि अलग भयको घोषणा गर्दछु। साथै यो मेरो राजनैतिक यात्रा मा सहयोग गर्नुहुने सम्पुर्ण आदरणिय मेरा शुभचिन्तक हरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।’
“आदरणीय साथीहरू, सहकर्मी, दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा नमस्कार।।।” भन्दै अध्यक्ष पदबाट राजीनामा दिएको र कम्युनिष्ट राजनीतिक यात्राबाट समेत अलग भएको घोषणा गरेका हुन्।

















