लघुवित्त समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षसहित पदाधिकारी दोहोरिए
वि.सं.२०८३ असोज ११ आइतवार १७:२६
shares

काठमाडौं, ११ असोज । लघुवित्त समाज नेपालको साधारण सभाबाट विष्णुप्रसाद पाठक अध्यक्षमा निर्वाचित भएका छन्। २०८३ साल असोज १० गते शनिबार सम्पन्न समाजको साधारण सभाले पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
साधारण सभाबाट उदयराज खतिवडा उपाध्यक्ष, झलेन्द्र भट्टराई कोषाध्यक्ष र प्रमोदकुमार घिमिरे महासचिवमा निर्वाचित भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यमा सुनिल खनाल, बाबुराम न्यौपाने, नरेश नेपाल, डा. तेजहरी घिमिरे र उमा जोशी बोहरा निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले लघुवित्त क्षेत्रको विकास, संस्थागत सुदृढीकरण तथा यस क्षेत्रसँग सम्बन्धित विविध विषयमा काम गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमिति
-
अध्यक्ष: विष्णुप्रसाद पाठक
-
उपाध्यक्ष: उदयराज खतिवडा
-
कोषाध्यक्ष: झलेन्द्र भट्टराई
-
महासचिव: प्रमोदकुमार घिमिरे
-
सदस्य: सुनिल खनाल
-
सदस्य: बाबुराम न्यौपाने
-
सदस्य: नरेश नेपाल
-
सदस्य: डा. तेजहरी घिमिरे
-
सदस्य: उमा जोशी बोहरा

















