Dhulikhel Eco Banner new

वर्षाका कारण सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा चहलपहल कम

520
shares

काठमाडौं, ११ असोज ।  पितृहरूको सम्झना तथा सम्मानमा मनाइने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदानका लागि श्रद्धालुहरू पुगे पनि निरन्तर वर्षाका कारण विगतका वर्षको तुलनामा चहलपहल कम देखिएको छ ।

पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका क्रममा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने धार्मिक परम्परा रहिआएको छ । यस अवधिमा विशेषगरी पशुपतिनाथ क्षेत्रमा दिवंगत आफन्तको सम्झनामा श्राद्ध तथा पिण्डदान गर्ने श्रद्धालुको उपस्थिति रहने गर्छ ।

तर यस वर्ष सोह्र श्राद्ध सुरु भएको पहिलो दिनमै वर्षा भइरहेकाले पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको आवागमन तुलनात्मक रूपमा कम देखिएको हो । वर्षाका कारण श्राद्ध तथा तर्पणका लागि आउने श्रद्धालु प्रभावित भएका छन् ।

सोह्र श्राद्धको अवधिमा पितृहरूको सम्झना गर्दै तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने प्रचलन छ । आजदेखि सुरु भएको सोह्र श्राद्ध औँसीसम्म चल्नेछ ।