Dhulikhel Eco Banner new

बालाजुमा खुल्यो ‘झिर सेकुवा’ र ‘घराना थकाली’

689
shares

काठमाडौं, १२ असोज । बालाजुको औद्योगिक क्षेत्र नजिकै झिर सेकुवाको नयाँ आउटलेट खुलेको छ। घरना हस्पिटालिटी प्रालिले झिर सेकुवाको फ्रेञ्चाइज लिएर सेवा सुरु गरेको हो ।

गत शुक्रबार सेकुवाको औपचारिक उद्घाटन गरिएको छ । हराना हस्पिटालिटीले झिर सेकुवासँगै घराना थकाली समेत सुरु गरेको छ । न्युनतम मूल्यमा प्रिमियम खाना खुवाउने गरी थकाली खानाको सुरु गरिएको कम्पनीका सञ्चालक शंकर पोख्रेलले बताए ।

पोख्रेलका अनुसार झिर सेकुवाको मेनु अनुसार सेकुवा साथै कम्पनीको नियम अनुसार मादक पदार्थहरु एमआरपीमै पाइनेछ । घरानामा हस्पिटालिटी क्षेत्रका अनुभवी व्यक्तिदेखि वित्तीय क्षेत्रका व्यक्तिहरु समेतको लगानी रहेको छ ।