Dhulikhel Eco Banner new

दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

572
shares

काठमाडौं, १६ असोज । शुक्रबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब २९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अकंले घटेको शेयर बजारमा एनएमबी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.२९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले गुमाएका छन् ।