Dhulikhel Eco Banner new

दोहोरो अकंले घट्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

572
shares

काठमाडौं, १६ असोज । शुक्रबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब २९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अकंले घटेको शेयर बजारमा एनएमबी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.२९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एसबीएल डिबेन्चरका लगानीकर्ताले ८.८० प्रतिशतका दरले कमाएका छन् भने माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.४५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् भने एनआईबीएल ग्रोथ फन्डका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले कमाएका छन् ।