दोहोरो अकंले घट्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज १६ शुक्रवार १५:३३
shares

काठमाडौं, १६ असोज । शुक्रबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब २९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अकंले घटेको शेयर बजारमा सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले गुमाएका छन् भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले ४.३६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि अपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.२४ प्रतिशतका दरले गुमाएका छन् भने सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ४.१४ प्रतिशतका दरले गुमाएका छन् ।

















