Dhulikhel Eco Banner new

बाजुराको कोल्टीमा निःशुल्क आँखा शिविर, ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया

728
shares

काठमाडौं, १८ असोज ।  बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।

बुद्ध एयरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा हिजो (शनिबार) ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

दीपेन्द्र कर्णका अनुसार बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा हिजो (शनिबार) ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको थियो ।

शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको उनले बताए । परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरेको उनले बताए ।

निःशुल्क आँखा शिविर शनिबार, आइतबार र सोमबार तीन दिन सञ्चालन हुने उनले बताए ।