युवा व्यवसायी वैकुण्ठ दाहाल नोजा युवा उद्यमी अनर अवार्डबाट सम्मानित
वि.सं.२०८३ असोज १९ सोमवार १२:४८
shares

काठमाडौं, १९ असोज । युवा व्यवसायी वैकुण्ठ दाहाल ‘१२औँ नोजा युवा उद्यमी अनर अवार्ड’ बाट सम्मानित भएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघ ९नोजा०ले आईतबार आयोजना गरेको विशेष समारोहमा दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो ।
समाज रूपान्तरणका लागि सचेतना अभिवृद्धि गर्दै आम नागरिकको पक्षमा उभिनुका साथै युवा पुस्तालाई नेतृत्व र उद्यमशीलतातर्फ प्रेरित गर्न पुर्याएको योगदानको मूल्यांकन गर्दै दाहाललाई सम्मान गरिएको नोजाले जनाएको छ ।
अर्थतन्त्रको विकास, विस्तार र समृद्धिमा दाहालले पुर्याएको योगदानको कदरस्वरूप ‘१२औँ नोजा अनर अवार्ड २०८३’ अन्तर्गत उनलाई युवा उद्यमी सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । उद्यमशीलता प्रवद्र्धन तथा युवा पुस्तालाई आर्थिक गतिविधिमा सक्रिय बनाउन दाहालले पुर्याएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा आयोजकले गरेको छ ।

















