Dhulikhel Eco Banner new

साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धिका लागि कामना बैंक र महासंघबीच सहकार्य

377
shares

काठमाडौं, २१ असोज । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका विच बैंकका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फवाट महानिर्देशक डा.गोपाल तिवारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य लगायत अन्य पदाधिकारी तथा नेपाल उद्योग वाणिज्य संघका परिषद् सदस्यहरुको समुपस्थितीमा भएको उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उक्त हस्ताक्षर पश्चात सातै प्रदेश र क्रमिक रुपमा अन्य क्षेत्रमा समेत क्षमता अभिवृद्धी कार्यक्रम गर्ने जसले गर्दा उद्योगी व्यवसायीहरुको वित्तीय ज्ञान वढ्नुका साथै वित्तीय अनुपालना समेतमा क्षमता अभिवृद्धी हुने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा वोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी व्यवसायीहरुले आफ्नो वित्तीय विवरण तयार गर्न तथा सो सँग सम्वन्धीत वित्तीय अनुपालना कायम गर्न सरोकारवालाहरुको उपस्थिीतीमा तालिम सञ्चालन गरिने र सोको लागि आवश्यक पर्ने प्राविधिक सहयोग बैंकले गर्ने जसले गर्दा उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धी हुने विश्वास व्यक्त गरे ।

बैंकले  “Future Ready” अवधारणा अनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको छ ।