Dhulikhel Eco Banner new

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

975
shares

काठमाडौं,२५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार0 का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो ९टनेल० गोलभेडा ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो ९लाम्चो० ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा ९लोकल० ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी १३० रुपैयाँ तथा घिउ सिमी (लोकल) १०० रुपैयाँ र घिउ सिमी ९हाइब्रिड० प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।