Dhulikhel Eco Banner new

सुनचाँदी दुवैको मूल्य घट्यो, सुन तोलामा २ हजार २०० रुपैयाँले सस्तियो

468
shares

काठमाडौं, २७ असोज । स्थानीय बजारमा मगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगलबार सुनको मूल्य २ हजार २ सयले घटेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९४ हजार ४ सयमा कारोबार भएको सुन मगलबार घटेर २ लाख ९२ हजार २ सयमा कारोबार भएको छ ।

त्यसैगरी, मगलबार चाँदीको मूल्य ६० रुपैँयाले घटेको छ । सोमबार ४ हजार ४ सय १५ रुपैंया मा कारोबार भएको चाँदी मगलबार ४ हजार ३ सय ५५ रुपैंया मा कायम भएको हो ।