Dhulikhel Eco Banner new

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, सेयरधनीले पाउनेछन् ११.०५ प्रतिशत नगद

689
shares

काठमाडौँ, २८ असोज । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको असोज २७ गते बसेको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावअनुसार संस्थाले चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको आधारमा करसहित १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। यस वर्ष संस्थाले बोनस सेयर भने नदिने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।