काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटियो
वि.सं.२०८३ असोज २९ बिहीवार १३:५४
533
shares
shares

काठमाडौं, २९ असोज। काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो।
‘एक पुरुषको शव भेटिएको छ। शव कसको हो भन्ने खुलेको छैन’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। शव भेटिएका व्यक्तिको उमेर ३५/४० वर्षको जस्तो देखिन्छ।’
















