Dhulikhel Eco Banner new

धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ४७ वर्षीया महिलाको मृत्यु

624
shares

काठमाडौँ, २८ असोज । कैलालीको धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९, जे गाउँकी ४७ वर्षीया लालमोती चौधरी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार साँझ आफ्नै घरको नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर भएकी चौधरीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा जाँच गर्ने क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।