Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

442
shares

काठमाडौं, २९ असोज । बिहिबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ७० करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ६.३५ प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ६.२४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले कमाएका छन् भने रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३.७५ प्रतिशतका दरले कमाएका छन् ।