Dhulikhel Eco Banner new

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

572
shares

काठमाडौं,११ कार्तिक। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक ११ गते बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने १०३, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ र सिसिटिभी निगरानीमार्फत पहिचान भएका ४० सवारीसाधनमाथि कारबाही गरिएको छ।

त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४, हर्न निषेधको नियम उल्लङ्घन गर्ने ९, सवारीको अवस्था ठीक नभएका ८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ८ सवारीसाधनमाथि कारबाही गरिएको छ।

यसैगरी, अन्य शीर्षकमा ३७३ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।