Dhulikhel Eco Banner new

ग्रीनेदी इनर्जीको साधारणसभामा आईपीओ निष्कासनको प्रस्ताव

598
shares

काठमाडौं,१३ कार्तिक।  ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव दोस्रो वार्षिक साधारणसभामा पेस गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार आगामी मंसिर ६ गते आइतबार बिहान ११ बजे पोखरास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा बस्नेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीले आईपीओ निष्कासन गर्ने विषयलाई छलफल तथा निर्णयका लागि प्रस्तुत गर्नेछ। आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।