Dhulikhel Eco Banner new

एन–प्याब्सन निलम्बित, अर्को सूचना नभएसम्म गतिविधि गर्न रोक

468
shares

काठमाडौं,१३ कार्तिक। सरकारले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन–प्याब्सन) लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ।

शिक्षा क्षेत्रसँग सम्बन्धित उक्त संस्थाले सरकारका निर्देशन पालना नगरेको तथा संस्थाका पदाधिकारीहरू स्वीकृत विधान र उद्देश्यविपरीतका गतिविधिमा संलग्न भएको पाइएपछि गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो।

मन्त्रालयले शुक्रबार (अक्टोबर ३०) जारी गरेको आधिकारिक सूचनाअनुसार संस्थालाई आफ्नो धारणा स्पष्ट पार्ने अवसर दिइएको भए पनि त्यसपछि पनि सरकारी निर्देशनको पालना नगरेको पाइएको छ।

निलम्बनमा परेसँगै एन–प्याब्सनको नाममा कुनै पनि भेला, सभा वा गतिविधि सञ्चालन नगर्न मन्त्रालयले चेतावनी दिएको छ। निलम्बित संस्थाको नाममा गतिविधि सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।