Dhulikhel Eco Banner new

त्रियुगा गोल्डकपको अफिसियल चेयर पार्टनर बन्यो भी-बोन ब्राण्ड

520
shares

काठमाडौं,१३ कार्तिक। नेपाली बजारमा गुणस्तरीय अफिस चेयर उत्पादन तथा बजारीकरणमा स्थापित V-BON ब्राण्ड त्रियुगा गोल्डकप २०८३ को अफिसियल चेयर पार्टनर बनेको छ।

खेलकुदको विकास तथा प्रवर्द्धन र राष्ट्रिय गौरवको उत्सवलाई थप उत्साहजनक बनाउने उद्देश्यसहित V-BON ब्राण्डले प्रतियोगितासँग साझेदारी गरेको हो।

खेलकुद प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय एकता, अनुशासन, सहकार्य र गौरवको प्रतीकसमेत भएकाले यिनै सकारात्मक मूल्य र भावनालाई आत्मसात् गर्दै नेपाली खेलकुद क्षेत्रसँग आफ्नो सम्बन्ध विस्तार गरेको ब्राण्डले जनाएको छ।

‘वर्ल्ड क्लास अफिस चेयर’ भन्ने मूल पहिचानसहित अघि बढिरहेको V-BON ब्राण्ड नेपाली बजारमा गुणस्तरीय कुर्सी, चार वर्षको वारेन्टी तथा बिक्रीपछिको सेवाका लागि परिचित छ। नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्दै आएको ब्राण्डले खेलकुदमार्फत समाजसँग जोडिने आफ्नो प्रतिबद्धतालाई समेत अगाडि बढाएको जनाएको छ।

त्रियुगा गोल्डकप २०८३ आगामी २०८३ साल कात्तिक १४ गतेदेखि आयोजना हुँदैछ। प्रतियोगिताको आयोजक गाईघाट फुटबल क्लब रहेको छ भने त्रियुगा नगरपालिका विशेष सहयोगीका रूपमा रहेको छ।

V-BON ब्राण्डले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै सहभागी सम्पूर्ण खेलाडी, आयोजक, खेलप्रेमी तथा समर्थकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

खेलकुदको सम्मान र राष्ट्र गौरवको उत्सवसँग जोडिएको V-BON ब्राण्डको यस सहकार्यलाई नेपाली खेलकुद क्षेत्रसँगको सम्बन्ध विस्तारका रूपमा हेरिएको छ।