Dhulikhel Eco Banner new

राज्य आतंक भयो, बन्द गरियोस् : पत्रकार महासंघ

1.07K
shares

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिए ।

‘यो अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने, ‘यसलाई तत्काल रोक्नुपर्छ । राज्य आतंक नरोकिए यो खेदजन्य कार्यविरुद्ध आन्दोलित हुनुको विकल्प छैन ।’