Dhulikhel Eco Banner new

चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने

468
shares

काठमाडौं, १७ कात्तिक। चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहने छ ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका छन् ।

प्राधिकरणले निर्धारित समयअघि नै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ ।

मर्मतसम्भारका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ ।