सुनको मूल्यमा एकाएक उछाल, एकैदिन तोलामा ७०० रुपैयाँ वृद्धि हुँदै २ लाख ७५ हजार पुग्यो
वि.सं.२०८३ कात्तिक १७ मंगलवार ११:१८
shares

काठमाडौं, १७ कात्तिक। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य मूल्य घटेको छ । कार्तिक १७ गते मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ६७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


















