Dhulikhel Eco Banner new

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको टेन्डर प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

624
shares

काठमाडौं, १७ कात्तिक। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिन डाइभर्सन आयोजनाको टेन्डर प्रक्रिया तत्काल अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।

संशोधित खरिद नियमावलीअनुसार आयोजनाको टेन्डर प्रक्रिया अघि बढाउन कार्यालयले मन्त्रालयलाई निर्देशन दिएको हो। यसअघि कानुनी जटिलताका कारण आयोजनाको टेन्डर प्रक्रिया रद्द भएको थियो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको निर्माण समयमै सम्पन्न गर्ने उद्देश्यले सरकारले पुनः टेन्डर प्रक्रिया सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

सरकारको निर्देशनसँगै आयोजनाको ठेक्का प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ।