Dhulikhel Eco Banner new

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

338
shares

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले पुँजी बजारको फ्रन्टलाइन रेगुलेटर मानिने नेप्सेको नेतृत्व सुवेदीलाई सुम्पिने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारबाट भएको उक्त नियुक्ति निर्णयको पुष्टि गरेका छन् । यससँगै नेप्सेले नयाँ नेतृत्व पाएको छ ।

सीईओ बन्ने दौडमा अन्तिम सर्टलिस्टमा चार जना उम्मेदवारहरू परेका थिए । जसमा सुवेदीका अलावा नवराज सापकोटा, नारायण सापकोटा र अनिलराज पौडेल प्रतिस्पर्धामा थिए । ती प्रतिस्पर्धीहरूलाई उछिन्दै सुवेदीले नेप्सेको कमान्ड सम्हाल्ने अवसर पाएका हुन् ।