Dhulikhel Eco Banner new

एकैदिन सुनको मूल्यमा १३ हजार ३ सय रुपैयाँको वृद्धि, चाँदीको भाउमा कति परिवर्तन ?

650
shares

काठमाडौं, १९ कात्तिक । नेपाली बजारमा सुन तथा चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ । कार्तिक १९ गते बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।