Dhulikhel Eco Banner new

बाढीपहिरोले सेवा प्रभावित भए पनि नेपाल टेलिकमको नाफा ३७.३५ प्रतिशतले वृद्धि

585
shares

काठमाडौं, ३० कात्तिक। नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा आफ्नो खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशतले बढी हो ।

देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण दूरसञ्चार सेवा प्रभावित भए पनि कम्पनीले नाफामा उल्लेख्य वृद्धि गर्न सफल भएको हो ।

प्राकृतिक विपद्का कारण केही स्थानमा दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा चुनौती थपिएको थियो । यद्यपि, कम्पनीले समग्र वित्तीय प्रदर्शनमा सुधार गर्दै नाफा बढाउन सफल भएको छ ।