Dhulikhel Eco Banner new

नेपाल व्यापार संघको चुनाव साउन १४ गते

6.07K
shares

काठमाडौं, २९ असार । नेपाल व्यापार संघको आगामी नेतृत्व छनोटका लागि आगामी साउन १४ गते चुनाव हुने भएको छ । संघको ३१ औं साधारण सभा र १६ औँ महाधिवेशन साउन १४ गते आयोजना हुने भएको हो ।

यो साधारण सभा तथा महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । साना तथा मझौला व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको नेपाल व्यापार संघको स्थापना २०४७ सालमा भएको हो । १०५ सदस्यीय नयाँ कार्यसमिति महाधिवेशनबाट चयन हुने छन् ।

संघका उपाध्यक्ष हरि बहादुर गौतमका अनुसार व्यवसायीका समस्याहरु समाधानका लागि सर्वसम्मनत रुपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । चुनाव लोकतान्त्रिक प्रक्रिया भए पनि यसबाट व्यवसायीहरु विभाजित भएर जाँदा व्यवसायीलाई नै घाटा हुने भएकाले पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु पर्ने उपाध्यक्ष गौतमको भनाइ छ ।

५१ सदस्यी सल्लाकार, १५० जना आजीवन सदस्य रहेको संघमा साधारण सदस्य भने १ हजार जना रहेका छन् ।