Dhulikhel Eco Banner new

कालीमाटीमा तरकारी तथा फलफूलको भाउ तोकियो, रातो आलु ५० र प्याज ९५ रुपैयाँ

546
shares
काठमाडौँ — भान्सामा दैनिक प्रयोग हुने आलु, प्याज र गोलभेँडासहितका कृषि उपजको बुधबारको थोक मूल्य कायम भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो २० रुपैयाँ तथा टनेल र तराईको सानो गोलभेँडा ४० रुपैयाँमा कारोबार भइरहेको छ। ठूलो गोलभेँडा (नेपाली र भारतीय) भने प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ। यस्तै, रातो आलु (लाम्चो र गोलो) ५० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, सेतो आलु ३० रुपैयाँ र सुकेको भारतीय प्याज ९५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय काउली प्रतिकिलो ४० रुपैयाँ र तराईको काउली २५ रुपैयाँ कायम हुँदा लोकल बन्दा ३० रुपैयाँमा झरेको छ। लोकल गाजर ९०, तराई गाजर ६०, तने बोडी ९०, लोकल घिउ सिमी ८० तथा राजमा सिमी र भिण्डी प्रतिकिलो १३० रुपैयाँ तोकिएको छ। सागसब्जीमा तोरीको साग ५०, रायो साग ८० र पालुङ्गो १२० रुपैयाँ प्रतिकिलो छ भने कन्य च्याउ २६०, डल्ले च्याउ ३६०, कुरिलो ८०० र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ।
फलफूल बजारमा नेपाली र भारतीय सुन्तला प्रतिकिलो १०० रुपैयाँ तथा केरा प्रतिदर्जन १५० रुपैयाँमा किनबेच भइरहेको छ। स्याउतर्फ मुस्ताङको २५०, जुम्लाको ३०० र फूजी स्याउ ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ भने अनार ४०० तथा स्टबेरी र नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ कायम छ।
मसलाजन्य उपजमा अदुवा प्रतिकिलो ९०, हरियो धनियाँ १००, सुकेको लसुन २६०, सुकेको खुर्सानी ५५० र पार्सले २ हजार ८०० रुपैयाँ निर्धारण भएको समितिले जनाएको छ। माछातर्फ ताजा बचुवा ३३०, छडी ३५०, रहु ३७० र सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ।