नेको इन्स्योरेन्सको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ मंसिर ३ बिहीवार ११:५७
shares

काठमाडौं, ३ मंसिर । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको छ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको उक्त शेयर तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई बिक्री गर्न लागेको हो।
शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आफूले खरिद गर्न चाहेको शेयर कित्ता र प्रस्तावित मूल्य स्पष्ट रूपमा उल्लेख गरी आवेदन दिनुपर्नेछ।
कम्पनीका अनुसार इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक विवरणसहित आवेदन पेस गर्नुपर्नेछ।

















