नेपालमा एआईको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढ र ग्यालेक्सी फोनको अपग्रेड सहज बनाउन सामसङ नेपाल र एनसेल बीच सहकार्य
वि.सं.२०८३ मंसिर ३ बिहीवार १३:५८
shares

काठमाडौं, ३ मंसिर। नेपालमा एआई प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा स्मार्टफोन अपग्रेडलाई सहज बनाउने उद्देश्यले Samsung Nepal र Ncell बीच सहकार्य भएको छ।
सहकार्यअन्तर्गत छनोट गरिएका Samsung Galaxy स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन्।
यस सहकार्यले पुरानो 2G प्रविधिबाट 4G मा अपग्रेड गर्न चाहने ग्राहकलाई समेत लक्षित गरेको छ। 2G देखि 4G अपग्रेड अभियानअन्तर्गत ग्राहकले जुनसुकै 2G मोबाइल साटेर Samsung को 4G स्मार्टफोन खरिद गर्दा ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज सुविधा पाउनेछन्। साथै, न्यूनतम १ हजार २२१ रुपैयाँको मासिक किस्तामा समेत फोन खरिद गर्न सकिनेछ।
Samsung र Ncell ले एआई तथा आधुनिक मोबाइल प्रविधिलाई बढीभन्दा बढी ग्राहकको पहुँचमा पुर्याउने लक्ष्य राखेका छन्। Samsung का Galaxy A17 लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिको प्रयोगलाई थप सहज र किफायती बनाउने कम्पनीको अपेक्षा छ।
Galaxy फोन खरिदमा १२ महिनासम्म निःशुल्क डेटा तथा भ्वाइस
सहकार्यअन्तर्गत छनोट गरिएका Galaxy स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार Ncell का मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन्।
Galaxy Z Fold8, Z Flip8, Z Fold7, S26 Ultra, S26+, S26 र S26 FE खरिद गर्ने ग्राहकले मासिक ७९९ रुपैयाँ मूल्यको अनलिमिटेड डेटा तथा भ्वाइस, Lionsgate र दैनिक १०० SMS सुविधासहितको प्याक १२ महिनासम्म निःशुल्क पाउनेछन्। उक्त प्याकको कुल मूल्य ९ हजार ५८८ रुपैयाँ हुन्छ।
त्यस्तै, Galaxy A17, M17 र A07s खरिद गर्ने ग्राहकले मासिक ४४९ रुपैयाँको ७ जीबी डेटा तथा अनलिमिटेड भ्वाइस प्याक ९ महिनासम्म निःशुल्क पाउनेछन्। उक्त सुविधाको कुल मूल्य ४ हजार ४१ रुपैयाँ रहेको छ।
फ्ल्यागशिप फोनमा ३६ महिनासम्म किस्ताबन्दी
Samsung ले Hulas Fin Serve सँगको सहकार्यमा फ्ल्यागशिप स्मार्टफोन खरिदलाई सहज बनाउन ३६ महिनासम्मको EMI सुविधा उपलब्ध गराउने भएको छ। यस योजनाअन्तर्गत मासिक किस्ता ५ हजार १०६ रुपैयाँदेखि सुरु हुनेछ।
त्यस्तै, छनोट गरिएका Galaxy फ्ल्यागशिप स्मार्टफोन खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन्। योग्य Galaxy Z र S सिरिजका ग्राहकले एक वर्षको थप वारेन्टीसमेत प्राप्त गर्नेछन्।
Samsung का विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको EMI सुविधा पनि उपलब्ध हुनेछ।
पुराना विद्युतीय उपकरणको जिम्मेवार व्यवस्थापनमा जोड
प्रविधिमा पहुँच विस्तारसँगै Samsung ले विद्युतीय फोहोर व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ। CypherBlk सँगको आगामी सहकार्यमा प्रयोग भइसकेका विद्युतीय उपकरणको जिम्मेवार सङ्कलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने कम्पनीको योजना छ।
यसले ग्राहकलाई पुराना उपकरण जिम्मेवार ढंगले व्यवस्थापन गर्दै नयाँ प्रविधिमा अपग्रेड गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। यी सेवा Samsung का सेवा केन्द्र तथा छनोट गरिएका ब्रान्ड स्टोरमा उपलब्ध हुनेछन्।
Samsung Nepal का प्रबन्ध निर्देशक चाङ उक जङले सहकार्यले सामान्य स्मार्टफोन प्रवर्द्धनभन्दा अघि बढेर नेपालमा समावेशी डिजिटल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्।
उनका अनुसार एआई अनुभवलाई पहुँचयोग्य बनाउने, प्रिमियम फोल्डेबल प्रविधिलाई ग्राहकको पहुँचमा पुर्याउने, किफायती 4G अपग्रेडमा सहयोग गर्ने र विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने पहलले प्रविधिमार्फत ग्राहकलाई सशक्त बनाउने साझा प्रतिबद्धता देखाउँछ।
नोभेम्बर २० देखि प्रि-अर्डर
Samsung का नयाँ फोनका लागि प्रि-अर्डर नोभेम्बर २० देखि सुरु भएर नोभेम्बर २३ सम्म खुला रहनेछ। दिइएको QR कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले ४ हजार ९९९ रुपैयाँ मूल्यको Buds Core मा ६२ प्रतिशत छुट पाउनेछन्।

















