Dhulikhel Eco Banner new

एनपीएल : भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने

273
shares

काठमाडौं, ४ मंसिर । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम राखिएको छ । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम राखिएको हो ।

फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । फाइनल खेल बेलुका ५ बजे हुनेछ ।

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।