कोप–३१ मा सहमति नजुटे पनि जलवायु सङ्घर्ष रोकिँदैन : राष्ट्रसङ्घ
वि.सं.२०८३ मंसिर ७ सोमवार ०८:२१
299
shares
shares

टर्किएको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा मुख्य निर्णय पारित हुन नसक्नुलाई राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले निराशाजनक भनेका छन् । आइतबार समापन समारोहमा बोल्दै उनले विश्व तापक्रम १.५ डिग्री सेल्सियस नाघ्ने जोखिम बढेकाले अन्तर्राष्ट्रिय सहकार्य झन् बलियो बनाउनुपर्ने बताए ।
विश्व अब प्रतिबद्धताको चरण पार गरी कार्यान्वयनको युगमा प्रवेश गरिसकेकाले वार्ताको परम्परागत शैली फेर्नुपर्ने स्टिलको भनाइ छ । राजनीतिक सहमति नजुटे पनि कृषि, पूर्वाधार उत्थानशीलता र विद्युतीकरणजस्ता कार्यसूचीमा भने विश्व अर्थतन्त्रको आधा हिस्साले ठोस प्रगति गरेको उनले उल्लेख गरे ।
आगामी कोप–३२ ले अघिल्ला उपलब्धिलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै स्टिलले जलवायु सङ्कटविरुद्धको अभियान कहिल्यै नरोकिने स्पष्ट पारेका छन् ।

















