Dhulikhel Eco Banner new

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, १८ मंसिरमा साधारणसभा

572
shares

काठमाडौं, ७ मंसिर । अपि पावर कम्पनी लिमिटेड (API) ले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नका लागि सेयरधनीले सेयर कायम गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो २३औँ वार्षिक साधारणसभा आगामी मंसिर १८ गते आयोजना गर्ने भएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने साधारणसभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्ताव रहेको छ ।

कम्पनीको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित बोनस सेयरको रकम ३१ करोड ८९ लाख रुपैयाँ र नगद लाभांश १ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ छ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान विवरण, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव पनि रहेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र रिक्त सञ्चालक पदमा भएको नियुक्तिलाई अनुमोदन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ ।

यसैगरी, कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत साधारणसभामा लैजाने भएको छ ।

कम्पनीले लाभांश तथा साधारणसभामा सहभागी हुने प्रयोजनका लागि मंसिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ७ गतेसम्म सेयर कायम गरेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।