प्रि–ओपन सेसनमै नेप्से ४.२६ अंकले ओरालो
वि.सं.२०८३ मंसिर ७ सोमवार १०:५५
shares

काठमाडौं, ७ मंसिर । साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ । यस सेसनमा नेप्से ४.२६ अंकले घटेर २६१७.०२ विन्दुमा झरेको हो ।
गत शुक्रबार ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा बन्द भएको नेप्से यस दिन पनि गिरावटसँगै कारोबार सुरु गरेको छ । प्रि–ओपन सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.४० अंकले घटेको छ ।
सोमबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको १०० पटक कारोबार भएको छ । उक्त कारोबारमा ९ हजार ३७१ कित्ता शेयर खरिदबिक्री हुँदा कुल २८ लाख १८ हजार ८९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका स्टकमध्ये ११ वटाको मूल्य बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी १३ वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।

















