सुनको मूल्यमा उछाल, एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँको वृद्धि
वि.सं.२०८३ मंसिर ७ सोमवार १०:५८
shares

काठमाडौं, ७ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ । साताभरको ठूलो गिरावटपछि सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो भने चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो ।

















