Dhulikhel Eco Banner new

स्वारोजगार लघुवित्तको सीईओबाट उप्रेतीले दिए राजीनामा, न्यौपानेलाई कार्यवाहक जिम्मेवारी

2.04K
shares

काठमाडौं, ७ मंसिर । स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकृष्ण उप्रेतीको राजीनामा स्वीकृत भएको छ । व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएका उप्रेतीको राजीनामा संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको हो ।

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको ३१७औँ बैठकले उप्रेतीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा मंसिर १६ गतेदेखि लागू हुनेछ ।

उप्रेतीले २०७९ साल पुस ४ गतेदेखि पुनः संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उनको राजीनामापछि मंसिर १६ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी तत्कालका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेलाई दिइएको छ ।

सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि न्यौपानेलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो ।