Dhulikhel Eco Banner new

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७४ जनालाई कारबाही

702
shares

काठमाडौं, ८ मंसिर । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १२६, हर्न निषेधमा १८, अवस्था ठिक नभएको २२ र अन्यमा ४९० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।