Dhulikhel Eco Banner new

पुस १७ गते नागरिक स्टक डिलरको सातौँ साधारण सभा

325
shares
काठमाडौँ — नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सञ्चालक समितिको मंसिर ७ गते बसेको १५५ औँ बैठकको निर्णयअनुसार सभा आगामी पुस १७ गते शुक्रबार अपराह्न साढे ३ बजे नयाँ बानेश्वरस्थित कम्पनीकै सभाहलमा बस्नेछ।
साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने कार्यसूची छ। यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने तथा सम्बद्ध संस्थासँग भएका कारोबार स्वीकृत गर्ने प्रस्तावसमेत पेश गरिनेछ।
यस्तै, विशेष प्रस्तावतर्फ कम्पनीको नियमावलीको नियम ३२ मा संशोधन गर्ने र नियमनकारी निकायको निर्देशनबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा तय गरिएको छ। गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते एक दिन सेयर दाखिल खारेज (बुकक्लोज) बन्द गर्नेछ। तसर्थ, पुस ८ गतेसम्म सेयर लगत दर्ता किताबमा नाम कायम रहेका सेयरधनी मात्र साधारण सभामा सहभागी हुन योग्य हुने कम्पनीले स्पष्ट पारेको छ।