पुस १८ गते तेह्रथुम पावरको नवौँ साधारण सभा
वि.सं.२०८३ मंसिर ९ बुधवार १०:१६
299
shares
shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले नवौँ वार्षिक साधारण सभा डाकेको छ। मंसिर ६ गते बसेको सञ्चालक समितिको ७० औँ बैठकको निर्णयबमोजिम सभा आगामी पुस १८ गते शनिबार दिउँसो १ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा आयोजना गरिनेछ।
साधारण सभामा गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने कार्यसूची छ। यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।
विशेष प्रस्तावतर्फ कम्पनीको प्रबन्धपत्रको दफा ४ र ६ तथा नियमावलीको नियम १० र २७ संशोधन गर्ने र नियमनकारी निकायको निर्देशनअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने एजेन्डा तय गरिएको छ। साथै, सञ्चालकहरूको सुविधा निर्धारण र संशोधित प्रबन्धपत्र अभिलेख भएपछि सोहीबमोजिम सञ्चालक समितिको निर्वाचन कार्यक्रम अघि बढाउने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभा तथा निर्वाचन प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते बुधबार एक दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्नेछ। तसर्थ, मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा नामसारीबाट कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र मतदान गर्न पाउने कम्पनीले जनाएको छ।
















